चङ्गा चित्त छँदै उमेर रहँदै पैसा छँदै हातमा
Posted on August 24, 2022
                        
                                            चङ्गा चित्त छँदै उमेर रहँदै पैसा छँदै हातमा
ब्याधीले नछुँदै र आयु रहँदै बर्गत् छँदै गाथमा।
आफ्नू श्रेय हुने पछी सुख हुने धन्धा छिनीहाल है
आग्लागी घरमा भएपछि कुवा खन्दा हुनेछैन है॥
अल्छी भै रहदा पबित्र नहुदा आंचार छोडी दिदा 
जस्तो अन्न जहाँ ताहा जति सुकै बेला मिलोस खाइदा। 
अभ्यास सुस्त्री र शास्त्र को नगरिदा चिन्ता र सुर्ता लिदा 
आयु घट्छ र मिल्छ झटपट सके संसार बाटै बिदा।। 
 
-गुणरत्नमाला